प्राविधिक रूपमा भन्ने हो भने भदौ २२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशन भव्य थियो। सायद, आन्तरिक शक्ति सन्तुलनले सर्वसम्मत निर्णय भएका थिए। त्यसको भोलिपल्ट के भयो? सबैका सामु छर्लंग छ।
‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’
जेन–जी आन्दोलनपछि चर्चामा आएका कोही शर्त राखेर चुनावै हुन नदिने भनिरहेका छन्, कोही लोकतन्त्रमा चुनावको विरोध गर्न नसकिने भनिरहेछन्। फरक विचारधाराका जेन–जी अगुवाहरूको अबको कार्यदिशा के छ त?
पूर्वराजदूत बरालले लेखेका छन्— ‘ओहोदाको प्रमाणपत्र बुझाएकै दिन पाकिस्तानी राजदूतको स्वागत समारोहमा धेरैले मलाई जिस्क्याउँदै भने, आज प्रमाणपत्र दियौ, उता तिम्रो सरकार बच्ने/नबच्ने ठेगान छैन।’
सैनिक अदालतले आफ्नै सदस्य जोडिएको ‘अनैतिक यौनसम्बन्ध’को मुद्दामा गैरसैनिक महिलाको पहिचान छताछुल्ल पारिदिएपछि उनले सैनिक अधिकृतहरूविरुद्ध दायर गरेको १० करोड क्षतिपूर्ति भराउने मुद्दा चार महिनासम्म सुनुवाइमा चढेको छैन।
गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि ठप्प रहेको रसुवागढी नाका खोल्न विकल्पमा बेलिब्रिज निर्माण भइरहेको छ। तर त्यसले उत्तरी नाकाबाट हुने आयातको भार थेग्ने देखिन्न।
देशकै ठूलामध्येको भ्रष्टाचार प्रकरणका रूपमा चर्चित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको गडबडीबारे अनुसन्धान अन्तिमतिर पुर्याएको अख्तियारले यसमा संलग्नहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अघि बढाएको छ।
नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसका अधिकांश सुपर एजेन्ट भारतीय छन्। तिनले नेपालीबाट उठाएको पैसा भारत पुर्याइरहेका छन्। अनलाइन बेटिङको जालोमा कसरी फसिरहेका छन् त नेपाली?
संस्थापक अध्यक्ष देवी भट्टचन र सीईओ अशोक शेरचनको मिलेमतोमा प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालिमा लगिएको २७ करोड कर्जा दुरुपयोगमा नियामक राष्ट्र बैंककै मौन सम्मति देखिन्छ, कसरी?
देवी भट्टचनको कम्पनी ‘प्रभु यूएस’ले तिर्नुपर्ने ४८ लाख डलर अमेरिकाबाट नपठाउँदा उनै पूर्वअध्यक्ष रहेको प्रभु बैंक मारमा छ। भट्टचन र बैंकका सीईओ शेरचनको मिलेमतोमा भइरहेको यो बेथितिमा राष्ट्रबैंक माैन छ।
चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याइएपछि बाल मुटु उपचारका लागि गंगागाल अस्पताललाई दिने तयारीमा एमालेबाट निर्वाचित वडाध्यक्ष बाधक बनेका छन्, जोसामु काठमाडौँका मेयर बालेनसमेत निरीह देखिन्छन्।
भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।
साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ। यो खण्डमा ६ घर भत्काउन बाँकी छ।
बाँकेमा तेलहन बालीको खेती हुने क्षेत्रफल नै घट्दो क्रममा छ। यसको खेतीलाई प्रोत्साहन गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने किसानहरूको भनाइ छ।
नेपालमा वार्षिक रूपमा ३१ देखि ३५ लाख मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। माग भने ३३ देखि ३७ लाख मेट्रिकटन छ।
दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ।
अभियन्ता रामरिझन यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले चन्दा उठाएर पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतीकात्मक आन्दोलन शुरू गरिएको बताए।
मित्रपार्क पशुपति कलेज क्षेत्र, ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने छ।
बिहीबार सुन २ लाख ५३ हजार ३०० तथा चाँदी ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।
तोरीपानीमा आउने पर्यटकलाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले होमस्टे शुरू गरिएको हो। थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ।
हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन् भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन।
मंसिरदेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ।
चुमनुब्री गाउँपालिका–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेडापालन हुने गाउँ हो। यहाँ प्रोत्साहन कार्यक्रम लागू गरिएको छ।
आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २,६३१.१७ को बिन्दुमा कायम भएको हो।
स्वरसम्राट नारायण गोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो।
आस्था धर्मले मात्र निर्माण हुँदो रहेनछ, संस्कृतिले मात्र निर्माण हुँदो रहेनछ। धार्मिक र सांस्कृतिक आस्थाबेगर पनि पवित्र तीर्थस्थल बन्दो रहेछ कतिपय ठाउँ। ब्युटी बोर्डिङको सौन्दर्य सायद यही हो।