उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका हुन्।
इंग्लिस प्रिमियर लिग (ईपीएल)फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले फुलह्यामलाई ४–३ को गोल अन्तर तथा चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको छ।
लुम्बिनी लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसीजी, अल्ट्रासाउन्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन्।
नेपालका शीर्ष भनिने नेतामध्ये सिंगापुरमा सतिशलालको पाहुना नभएका बिरलै छन्। उनै सतिशलाललाई एनसेलमा ८० प्रतिशत स्वामित्व राख्ने मलेसियाको आजियाटाले आफ्नो सबै शेयर बेचेपछि फेरि ‘टक अफ द टाउन’ भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कोप–२८ सम्मेलनका क्रममा आफूहरूले विश्वभर नेपालको चर्चा गराउन सफल भएको दाबी गरे।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा बुटवलले स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। बुटवलको यो पहिलो जित हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताएका छन्।
देशका विभिन्न स्थानमा आइतबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।
प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा सहभागी भएर स्वदेश फर्किएका छन्।
फिलिपिन्सको मिन्डानाओ स्टेट विश्वविद्यालयभित्रको जिममा आइतबार विस्फोट हुँदा चारको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
समानुपातिकको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।
नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउन्डेड भएको छ।
राष्ट्रियसभा सदस्यहरूले विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिनुपर्ने सुझाव दिएका छन्।
पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शान्तिका लागि शिक्षा र अहिंसाका रणनीतिहरूको कार्यान्वयनबारे जोड दिइएको छ।
आइतबार नेप्से परिसूचक ९.२९ अंकले घटेर १८५१.२३ को बिन्दुमा सीमित भएको छ।
अपांगता पुनर्स्थापना केन्द्र
काठमाडौँको भृकुटीमण्डपस्थित अपांग पुनर्स्थापना केन्द्र २०५८ सालमा स्थापना भएको हो। यसको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिलाई व्यावसायिक र सिपमूलक तालिम दिई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ। आर्थिक रूपमा कमजोर भएकालाई नि:शुल्क र अन्यलाई सहुलियतमा सेवा दिँदै आइरहेको छ।
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिँदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेकोे यात्रीझैँ बनेको छ।
अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
३३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ। अधिकांश पालिकाको बक्यौता २०७४ सालपछिको हो।