बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपीभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपीभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए।
नेपाल सुपर लिगअन्तर्गत दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा इलामले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ।
प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
६ महिना रहने गरी उपलब्ध गराइएको स्थानमा पक्की घर निर्माण, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएकाले हटाउन लागिएको डिभिजन वन कार्यालय, चितवनले जनाएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा माओवादी नेता ल्हारक्याल लामाले निजी निवासका लागि हडपेको २ रोपनी १ आनासहित अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन स्थानीय सरकारले अग्रसरता देखाएको छ।
सोमबार नौ वटा समितिका सभापति र समिति–सचिवबीच विचाराधीन विधेयकको अवस्था र समितिको भावी कार्ययोजनाबारे सभामुख घिमिरेले छलफल गरेको संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरीले जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए।
निजी क्षेत्रले सामाजिक सुरक्षा कोषजस्ता रकम संकलन हुने कोषको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताएको छ।
प्रधानमन्त्री दाहालले वर्तमान परिवर्तनका बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पछाडि फर्काउन नसक्ने दाबी गरे।
गुजरात टाइटन्सले आईपीएलका लागि शुभमन गिललाई कप्तान नियुक्त गरेको छ। २४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएल करियर शुरू गरेका थिए।
गुरु नानक काठमाडौँ आएको बखत बसेको ठाउँलाई अहिले पनि गुठी संस्थानले संरक्षण गरिरहेको छ। सोह्रखुट्टे नयाँ बजारनजिकै विष्णुमती नदीछेउमा उनी बसेको डाँडामा प्राचीन उदासीन श्री गुरु नानक मठ रहेको छ।
आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डिजिटल राइटको नाममा डिजिटल हिंसा बढ्दा राज्य, प्रविधि र कानूनबीच असन्तुलन देखिएको बताएका छन्।
आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको हो।
ढुंगानाले घरेलु तथा साना उद्योगसम्बन्धी ऐनमा धेरै अस्पष्टताहरू रहेकाले यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उत्तरकाशीको सिल्क्यारा सुरुङको मुख्य द्वारनजिक मन्दिरको निर्माण गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सोमबार दिउँसो साढे दुई बजे त्यहाँ हवन पूजा गरिने बताइएको छ।
दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति डार्ट गरी नियन्त्रणमा लिइएको हो।
१० लाख रुपैयाँ लागतमा बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा यस्तो प्रविधिको जेब्रा क्रसिङ राखिएको हो।
अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।