AnonymousUser

Logout

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी, आर्सनल शीर्षस्थानमा उक्लियो

म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ४८ खेल खेलमा ५० गोल गर्दै कीर्तिमान बनाएका हुन्।

आइतबारको मौसम: पहाडी भूभागमा आंशिक बदली हुने

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रसाईंको ‘अभियान’मा आएकाहरू भन्छन्– घरबाट बोलाउन थालिसके

वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहाको आसमा देशका विभिन्न स्थानबाट प्रसाईंको ‘आन्दोलन’मा सहभागी हुन आएकाहरूलाई घरपरिवारबाट फर्किन दबाब आउन थालेको छ।

पर्वतारोही निर्मल पुर्जालाई जर्मनीमा सम्मान

पर्वतारोही निर्मल पुर्जालाई जर्मन सस्टेनेबिलिटी अवार्डस्मा आईएसपीओ कपबाट सम्मान गरिएको छ। 

भूकम्पले क्षति पुर्‍याएका सार्वजनिक संरचना प्रदेश सरकारले बनाउने

प्रदेश सरकारले १० करोड विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ भने एक अर्ब पुनर्निर्माणका लागि छुटाएको छ।

नेपालगन्ज म्याराथन : गोपी र सन्तोषी च्याम्पियन

नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्।

किन दोहोरिइरहन्छ फिल्म निर्माता र हलवालाको विवाद?

प्रायः नेपाली फिल्म निर्माताहरूले विदेशी फिल्मको तुलनामा हलमा कम ‘शो’ पाएको र शेयर बाँडफाँट असमान भएको गुनासो गर्छन्। तर हलवालाहरू भने अधिकांश नेपाली फिल्मले दर्शक नै तान्न नसक्ने दाबी गर्छन्।

उकालोकर्मी मनिष पौडेल सम्मानित

पौडेललाई विविधअन्तर्गत डिजिटल सञ्चारमाध्यमका क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित गरेको गुप्ताले बताए।

कोशीमा प्रतिस्थापन बजेट विधेयक पारित

मुख्यमन्त्री कार्कीले समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको दाबी गरे।

सरकारले जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएको श्रमिक संघ–संगठनको गुनासो

श्रमिक संघ–संगठनले जलवायु परिवर्तनको मारमा परेका श्रमिकका अजेन्डालाई पनि साथमै अगाडि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पाँच सयभन्दा बढी दलित बालबालिकालाई निःशुल्क ट्युसन पढाउने मनोज राम सम्मानित

मनोजले सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको केन्द्रले जनाएको छ।

मधेशका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको छ।

ट्रलीबस

इतिहास बनेको ट्रलीबस

काठमाडौँ र भक्तपुरलाई जोड्ने सडकमा कुनै समय ट्रलीबस गुड्थ्यो। चीनको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वरदेखि सूर्य विनायकसम्म १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो। २०६५ सालयता भने पूर्ण रूपमा बन्द छ। ती ट्रलीबस मीनभवनस्थित यातायात व्यवस्था कार्यालय परिसरमा थन्किएका छन्। यहाँ ३२ वटा ट्रलीबस राखिएको छ। बसमा लेखिएका ‘म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ। बस प्रतिदिन जीर्ण बन्दै छन्। बसका सबै पार्टपुर्जामा खिया लागिसकेको छ। विद्युतीय ट्रलीबस साँच्चै नै अब इतिहास बनेको छ।

नेपाल सुपर लिग: पोखरासँग चितवन पराजित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको छ।

उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुरमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताए।

अराजक बाकुनिनको निचोड: भगवान् र राज्य मान्छेको शोषण गर्छन्

बाकुनिनका कुरा पहिलो पटक सुन्दा आवेगपूर्ण र आक्रोशयुक्त लाग्छन्, तर समाज, राज्य र काल्पनिक ईश्वरका नाममा हुने गरेका तमाम कर्म देख्दा भने उनको तर्क युक्तिसंगत लाग्छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू, ७ वटै प्रदेशमा जनचेतनामूलक कार्यक्रम हुने

नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियान र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको तारा दल गणका ३५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका ३५४ जना सहभागी छन्।

चीनमा फैलिएको निमोनिया अर्को महामारीको संकेत हो?

चिनियाँ अधिकारीले भनेका छन्, “नयाँ रोगको लक्षण फेला परेको छैन। यो सामान्य फ्लु हो, जुन हरेक वर्ष यस मौसममा हुन्छ।”