जाजरकोटमा त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रजिअ सुरेश सुनारले बताए।
घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर उपचार गराउने प्रक्रिया शुरू गरिएको बताए।
परिवर्तनको रक्षा र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरेका छन्।
छठमा सिंगै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च र नेपालमा उत्पादन कम हुँदा हरेक वर्ष भारतबाट आयात गर्नुपरेको व्यावसायी बताउँछन्।
काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।
छठलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्ने गर्छन्। उनीहरू यस पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्।
पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्।
निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।
कात्तिक ११ गतेयता सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौँ जिल्लामा भएको छ। काठमाडौँमा १३३, भक्तपुरमा ८४ वटा र ललितपुरमा ४९ वटा सवारी दुर्घटना भएका छन्।
नेपालगन्जका मोहम्मद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन्। उनले आठ वर्षको हुँदा नै बाजेसँग माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन थाले। बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिके।
यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्।
टिकटक छाड्नेहरू अब बिस्तारै यस्तै सुविधाका फेसबुक/इन्स्टाग्रामको रिल, स्न्यापच्याटको स्पोर्टलाइट र युट्युबको सर्ट आदिमा सर्नेछन्। अन्यत्र बसाइँ सरे पनि प्रयोगकर्ताले गर्ने भनेको पहिलेकै ‘काम’ हो।
छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर सिँगारिएका छन्। सबैजसो घाटमा रातभर जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।
विश्वकप क्रिकेट– २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको छ।
आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको ईयूले जनाएको छ।
मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले आवश्यकताअनुसार उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए।
दरबारमार्ग र ठमेलको रात्रिकालीन व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले समयसीमा तोकेर रोक लगाएको हो। तोकिएको समयपछि व्यवसाय खोलेमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।