AnonymousUser

Logout

बाबर आजमले छाडे पाकिस्तान क्रिकेट टिमको कप्तानी

बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्।

पाँच युवा मिलेर खोलेको फार्मबाट तीन करोडको केरा बिक्री

सरकारले सिँचाइको सुविधा र आवश्यकताअनुसार रासायनिक मलखाद बेलैमा अनुदानमा उपलब्ध गराइदिए नेपाली युवा रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनीहरूको भनाइ छ।

अञ्जली दिदीको हातबाट २ सय बढीले लगाए भाइटीका

दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको अञ्जली दिदी (मास्के)को भनाइ छ।

जम्मु–कश्मीरमा बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु, १९ जना घाइते

भारत नियन्त्रित जम्मु–कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

विश्वकप फुटबल छनोट: दोस्रो चरणमा अड्किरहेको नेपालको यात्रा

नेपालले सन् १९८६ देखि विश्वकप फुटबल छनोट खेल्न थाले पनि पहिलो चरण पार गर्नै करिब २८ वर्ष कुर्नुपर्‍यो। तेस्रोपटक दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल तेस्रो चरण पुगेर इतिहास बनाउने लक्ष्यमा छ।

जनकपुरधाममा थालियो छठको तयारी

यस वर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिइने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक शुरू हुने गर्छ।

मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै

 गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ।

चिनियाँ राष्ट्रपति सी ६ वर्षपछि अमेरिकामा, के छन् बाइडेनसँग वार्ताका अजेन्डा?

सी चिनफिङको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग मुख्यगरी इजरायल–हमास र रुस–युक्रेन युद्धबारे छलफल हुने अनुमान गरिएको छ। तर वार्ता उपलब्धिपूर्ण हुनेमा शंका गरिएको छ।

श्रीलंकाको सर्वोच्च अदालतद्वारा राजापाक्षे दाजुभाइसहित १३ जनालाई आर्थिक संकटमा जिम्मेवार ठहर

श्रीलंकाको सर्वोच्च अदालतले देशको अर्थतन्त्र संकटको स्थितिमा पुग्नुमा पूर्वराष्ट्रपति गोटबाया र उनका भाइ महिन्दासहित १३ पूर्वनेता तथा उच्च पदस्थ पूर्वअधिकारीहरू जिम्मेवार रहेको ठहर गरेको छ।

भूकम्पप्रभावितलाई तिहारको भन्दा चिसोबाट कसरी जोगिने भन्ने चिन्ता

भूकम्प प्रभावितलाई तिहारको भन्दा पनि अहिले रातको समयमा पर्ने शीत र बढ्दै गरेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ।

गाजाकै ठूलो अस्पतालमा इजरायलको सैन्य कारबाही

हमासको कमान्ड सेन्टर रहेको भन्दै हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण आश्रित गाजाकै सबैभन्दा ठूलो अस्पतालमा इजरायली सेना प्रवेश गरेको छ।

बालगृहमा सामूहिक भाइटीका

नेपाल बाल संगठनन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन्। बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्।

बालगोपालेश्वरमा यसरी लगाइँदैछ भाइटीका (तस्वीरहरू)

वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले यहाँ टीका लगाउने गर्छन्। मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकासँग टीका थाप्ने गरिन्छ।

लगाइयो शुभ साइतको भाइटीका

दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ। 

तान्जानियाँसग नेपाल २७ रनले पराजित

हङकङ क्रिकेट क्लबमा ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो।

महोत्तरीमा प्रहरीले चलायो गोली, २ जना गम्भीर

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान छन्।

पाल्पामा फस्टाउँदै झिनियाँको व्यापार

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् ।

तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको हो।

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ।

कस्तो रहनेछ बुधबारको मौसम?

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्रमा आंशिक बदली हुने छ। उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्नेछ।