AnonymousUser

Logout

दायित्व वाङ्‌मय प्रतिष्ठानद्वारा ३ पुरस्कारको निर्णय 

यी पुरस्कार मंसिर ९ गते काठमाडौँमा एक समारोहको आयोजना गरी प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।

मीठो खुवाएर यसरी गरियो गोठगोठमा गाईपूजा (तस्वीरहरू)

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

दियोबाट सल्केको आगोले संखुवासभा र भोजपुरमा २ घर जले

भोजपुर नगरपालिका–८ स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

मोरङको उर्लाबारीस्थित सुन पसलमा आगलागी, प्रहरीसहित २८ जना घाइते

आगो निभाउने क्रममा प्रहरी र स्थानीयसहित २८ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

भूकम्पमा जाजरकोट र रुकुम पश्चिमका ६७ विद्यार्थीको मृत्यु, ४० हजार प्रभावित

भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।

कालीगण्डकीबाट २० लाखको सयपत्री निर्यात

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कृषकले उत्पादन गरेको २० लाख रुपैयाँ बराबरको सयपत्री फूल संकलन गरेर बजारीकरणमा सहयोग गरेको छ।

मधेशको भैयादुज: जिअ भइया लाख बरिस

मधेशमा यमपञ्चकको पहिलो दिन काग र दोस्रो दिन कुकुरको पूजा हुँदैन, तर लक्ष्मीपूजाको दिन कमसेकम एक जोर नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यता छ।

प्रिमियर लिग: म्यानचेस्टर सिटी र चेल्सीको रोमाञ्चक बराबरी

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति म्यानचेस्टर सिटी र  चेल्सीले ४–४ गोलको बराबरी खेलेका छन्।

पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ।

तिहारको तेस्रो दिन: गाईको पूजा गरिँदै

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारत निर्यात

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको हो। देशभित्रको माग पूरा भई बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।

तिहारमा झिलिमिली काठमाडौँ (तस्वीरहरू) 

तिहार शुरू भएसँगै घर, व्यापारिक मल, पसल, सडक, मठमन्दिर पनि झिलिमिली बत्तिले सजिएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्न प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री थापाको आग्रह

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन्।

महाकवि देवकोटाको घरको कथाः जोगाउनुपर्ने प्रज्ञा प्रतिष्ठानले नै भत्काएर बनाएको ‘संग्रहालय’

ढुंगामाटोले बनेको महाकवि देवकोटा बस्ने घर २०७२ सालको भूकम्पले क्षति पुर्‍याए पनि संरक्षण गर्न सकिने विज्ञहरूको सुझाव बेवास्ता गरेर प्रज्ञा प्रतिष्ठानले जगैदेखि भत्काई लिफ्टसहितको आधुनिक भवन बनाएको छ।

भूकम्पबाट जाजरकोट र रूकुमपश्चिमका ३९ प्रहरी कार्यालयमा क्षति

भूकम्पले जाजरकोट र रूकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको छ।

बांग्लादेशमा पारिश्रमिक वृद्धिको आन्दोलनमा ४ तयारी पोसाक श्रमिकको मृत्यु

बांग्लादेशमा सञ्चालित तयारी पोसाक कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई पोसाक आपूर्ति गर्दछन्। तर यस क्षेत्रमा कार्यरत ४० लाख श्रमिकमध्ये अधिकांशको स्थिति दयनीय छ।

देवचुली जिप दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

नवलपरासीको देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ।

फूलखेतीमा बढ्दो आकर्षण, तर तिहारमा बाहेक बजार पाउनै मुस्किल

यो वर्ष चितवनमा गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा फूलखेती गरिएको छ। कतिपय स्थानीय तहले सहयोगसमेत गरेपछि १२० किसानले ३४ विघामा फूल लगाए। तर उचित बजार र मूल्य भने पाउन सकेनन्।

गोरखाको धार्चेमा आगलागी हुँदा दुई जनाको मृत्यु

गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

भूकम्प प्रभावितलाई राहत पठाउन सरकारले उपेक्षा नगरेको गृहमन्त्रीको भनाइ

गृहमन्त्री श्रेष्ठले उपलब्ध स्रोतसाधनले भ्याएसम्म राहत पठाउने काम भइरहेको, आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरू पनि उपलब्ध गराइएको सुनाउँदै अस्थायी आवास बनाउन पनि ढिलाइ नहुने बताए।