AnonymousUser

Logout

अस्थायी आवास बनाउन भूकम्प प्रभावितलाई ५० हजार दिइने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ।

तिहार

तिहारलाई फूलको जोहो

काठमाडौँका विभिन्न बजारमा बिक्रीका लागि राखिएका सयपत्री र मखमली फूल। तिहारमा फूलको माग अरू समयभन्दा बढी हुने गर्छ। तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ।

देवचुली जिप दुर्घटनाका मृतक चारको पहिचान खुल्यो

नवलपरासीको देवचुली नगरपालिका–९ मा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये चारको पहिचान खुलेको छ।

विधेयक पारित गराउन मन्त्रीहरू नै गम्भीर नबनेको राष्ट्रियसभा अध्यक्षको गुनासो

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद्, सांसद र मतदातासमेतको भूमिका रहेको बताउँदै सबैले आ–आफ्नो भूमिका राम्रोसँग निभाउनुपर्नेमा जोड दिए।

बागलुङमा बढ्यो भोटे कुकुरको माग, ६० हजारसम्ममा बिक्री

ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने स्थानीयको भनाइ छ।

सुरक्षा निकायका कुकुरको पूजा र कला प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तालिम प्राप्त कुकुरहरूको छुट्टाछुट्टै पूजा गर्नुका साथै कला प्रदर्शनी पनि गरेका छन्। कुकुरलाई सुरक्षा निकायले अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।

नवलपुरको देवचुलीमा जिप दुर्घटना: ६ जनाको मृत्यु, १ गम्भीर

गाडीमा सात जना सवार रहेकामध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको पहिचान खुल्न बाँकी छ।

दीपावली र छठले उमंगमय मिथिला

उज्यालो र सम्पन्नताको प्रतीक मानिने दीपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले सबैमा उमंग छाएको छ।

तिहार लागेसँगै बजारमा बढ्यो चहलपहल

बजारमा विगतको तुलनामा यस तिहारमा काजु, बदाम, पेस्ता, नरिवललगायत मसलाको मूल्य घटेको छ।

जाजरकोट भूकम्प: प्रतिकार्यका लागि आईएफआरसीद्वारा आपत्कालीन अपिल

आईएफआरसीले जाजरकोट भूकम्पबाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।

एन्नादिर लार्बाउई अल्जेरियाको प्रधानमन्त्री नियुक्त

अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। 

तिहारमै बिक्री भएन फूल, किसान निराश

प्लास्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी जनकबहादुर सिंहले बताए। 

प्रिमियर लिग: आर्सनल र म्यानचेस्टर युनाइटेडको जित

आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान अंक भए पनि शीर्ष स्थानमा छ।

देखाउनकै लागि बजार अनुगमन: व्यवसायी र उपभोक्ता दुवै मारमा

आगलागीपछि दमकल छिरेझैँ चाडबाडको बेलामा मात्रै सरकार बजार अनुगमनमा छिर्नु गलत हो। जनतालाई रोजगारीको सहज व्यवस्था गरे सरकारले कडा अनुगमन गर्दा पनि आपत्ति जनाउनुपर्ने थिएन।

तिहारको दोस्रो दिन: लक्ष्मीको पूजा गरिँदै, कुकुर तिहार पनि आजै

साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

कस्तो रहनेछ आइतबारको मौसम?

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पर्व

तिहार शुरू भएसँगै किनमेल गर्नेको भीड

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि विधिवत् रूपमा शुरू भएको छ। तिहार शुरू भएसँगै किनमेल गर्न असनलगायतका बजारमा उपभोक्ताको भीड लाग्ने गरेको छ। भाइ मसला, टीका, मखमली फूल, दाजुभाइका लागि ढाका टोपीलगायत तिहारलाई आवश्यक पर्ने सामान किन्न असन, इन्द्रचोक क्षेत्रमा ग्राहकको भिड लागेको हो। दशैँका बेला सुनसान रहेको असन क्षेत्र तिहार लागेलगत्तै भिडभाडयुक्त बनेको छ।  शनिबार काग पूजा गरिएसँगै यमपञ्चक शुरू भएको छ। बुधबार परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मनपर्ने परिकार ख्वाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। आइतबार कुकुर तिहारसँगै साँझ लक्ष्मीपूजा गरिँदै छ। लक्ष्मीपूजाको दिनदेखि घर–घरमा देउसी भैलो खेल्न थालिने प्रचलन छ। यस दिन घरमा लक्ष्मीको वास होस् भन्दै धन सम्पत्तिको पूजा गर्ने पनि गरिन्छ। लक्ष्मीको आगमनका लागि दियो बालेर घरलाई झिलिमिली पार्ने गरिन्छ।

पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि परिचर्चा

नेपाली समाजमा भएको जातीय तथा वर्गीय विभेदलाई लिएर झ्याउरे छन्दमा लेखिएको खण्डकाव्यमाथि तीन जना समालोचकले चर्चा गरेका छन्।

जाजरकोट भूकम्प: राहत र पुनर्निर्माणमा केन्द्रित हुन सरकारलाई राज्यव्यवस्था समितिको सुझाव

राज्यव्यवस्था तथा सुशासन समिति सदस्यहरूले सरकारलाई भूकम्प प्रभावितका लागि अस्थायी आवासको काम हिउँदअघि नै सक्न, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न सुझाव दिएका छन्।

प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन

लाइन काटिएका ग्राहकबाट करिब ६२ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको र तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने प्राधिकरणको भनाइ छ।