उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको भन्दै सुरक्षाको माग राखेर पाटन अस्पतालका चिकित्सकहरू आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।
प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको उल्लेख गर्दै जुनसुकै हदसम्म गएर भए पनि क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्।
गत वर्ष आफ्नी आमा महारानी एलिजाबेथ द्वीतीयको निधन भएपछि राजा बनेका चार्ल्स तृतीयले पहिलोपटक राजाको रूपमा संसदमा सम्बोधन गरेका हुन्।
राखेपले प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरेको छ।
सबै नेताहरूबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकै खालको प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालको भनाइ छ।
विधेयकहरूमाथि गहनरूपमा छलफल अघि बढाउन संसद् सक्रिय नहुँदा प्रतिनिधिसभाले कानून बनाउन नसकेको भन्दै जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको छ।
बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि अनुदानमा आएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोपको ४० लाख मात्रा खेर जाने भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा सुत्केरी, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकका लागि अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधिको विशेष व्यवस्थापन गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
शीर्ष नेताहरूले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढंगबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन्।
महासमिति बैठक पुस १६–१९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।
श्रीलंकाका ब्याट्सम्यान म्याथ्युज टाइम आउट नियममा आउट हुने पहिलो खेलाडी बने। अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षे इतिहासमा टाइम आउटका कारण खेलाडी आउट भएको यो पहिलो घटना हो।
चिउरीगाउँमा अधिकांश घर ढुंगामाटोले बनेका छन्। पटकपटक गइरहेको परकम्पले ठाडै रहेका घर पनि भत्काइरहेको छ। सोमबारको परकम्पले गाउँका थप चार घर मात्र भत्काएन, बाँचेकालाई पनि त्रसित बनायो।
सत्तारुढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले रिगल प्रकरणको नैतिक जिम्मेवारी लिई आत्मालोचना र माफीसमेत नमागेको भन्दै दुःख व्यक्त गरेका छन्।
राखेपले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का लगाएको छ। फ्लड लाइट जडानपश्चात् मैदानमा राति पनि खेल आयोजना गर्न सहज हुने छ।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानूनबमोजिम कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सक डा. दीक्षान्त आचार्यले चेतावनी दिए।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक लाखभन्दा कम बचत गरेकाहरूको मागदाबी अनुसारको रकम साउनभित्र दिने जनाएको थियो। तर त्यसको साढे दुई महिनापछि साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर मध्यान्ह १२:५८ मा ४ म्याग्निच्युडको धक्का गएको हो।
युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर, हमासविरुद्ध बदलाभावमा उत्रिएको इजरायल भने युद्धविराम गर्ने लयमा देखिँदैन।
भूकम्पबाट ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ।
भेरी नगरपालिका–३ की भूकम्पपीडित ६३ वर्षीया शितली कामीले राष्ट्रपति पौडेलसँग गाँस, बास र कपासको प्रबन्ध गरिदिन आग्रह गरिन्।