Wednesday, July 03, 2024

-->

यस्तो रहनेछ सोमबारको मौसम

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तो रहनेछ सोमबारको मौसम

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

साथै कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री