Friday, June 28, 2024

-->

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४४ हजार पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

सुनको मूल्यमा नयाँ रेकर्ड प्रतितोला १ लाख ४४ हजार पुग्यो

काठमाडौँ– नेपाली बजारमा पहेँलो धातुको मूल्य बिहीबार प्रतितोला एक हजार ८०० रुपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

छापावाल सुन बुधबार प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य एक लाख ४३ हजार ३०० निर्धारण गरिएको छ। बुधबार एक लाख ४१ हजार ५०० रुपैयाँ थियो। 

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ८२५ रहेको सुन एक हजार ८५० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। 


सम्बन्धित सामग्री