Saturday, June 29, 2024

-->

लमजुङ पहिरो : पुरिएका ४ जनाको शव निकालियो

गएराति गएको पहिरोमा तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।

लमजुङ पहिरो  पुरिएका ४ जनाको शव निकालियो

लमजुङ– लमजुश्रको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ। पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन्।


सम्बन्धित सामग्री