Sunday, June 30, 2024

-->

विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ

गत फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको  छ।

विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ

काठमाडौँ– विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्‍चात मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भएको र पीडितलाई पनि चिनियाँ नागरिकसँग विवाह गरेर चीन जानका लागि उक्साएकी थिइन्। विवाह गर्ने केटासँग आफ्नो चिनजान रहेको र केटा धनी र राम्रो भएको प्रलोभन देखाई पीडितलाई काठमाडौँको ठमेलमा चिनियाँ केटासँग भेट गराएकी थिइन्। त्यसपछि २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको  छ। 

राईलाई जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री