Monday, July 01, 2024

-->

खोकनामा असार १५, हिलोमा रमाए राजेश हमालदेखि विदेशी पर्यटक (तस्वीरहरू)

२१औँ राष्ट्रिय धान दिवस ललितपुरको खोकनामा पनि विशेष कार्यक्रम गरेर मनाइएको छ।

खोकनामा असार १५ हिलोमा रमाए राजेश हमालदेखि विदेशी पर्यटक तस्वीरहरू
तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

काठमाडाैँ– असारको महिना छ। यतिबेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन्। देशका अधिकांश फाँटमा किसानहरूलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याइ छ।

आज असार १५ तथा २१औँ राष्ट्रिय धान दिवस नेपालभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ललितपुरको खोकनामा पनि आज धान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। जहाँ कलाकार राजेश हमालदेखि विदेशी पर्यटकले हिलो खेल्दै रोपाइँमा सहभागी भएका छन्। बालबालिकादेखि युवासम्म हिलोमा खेल्दै रमाइलो गरेका छन्।

 


सम्बन्धित सामग्री