Wednesday, July 03, 2024

-->

पेट्रोल प्रतिलिटर २ र डिजेल ५ रुपैयाँले बढ्यो

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

पेट्रोल प्रतिलिटर २ र डिजेल ५ रुपैयाँले बढ्यो

काठमाडाैँ– नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ र डिजेलमा पाँच रुपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

निगमको सूचना अनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य १५४.५० रुपैयाँ कायम गरिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टिटेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ।


सम्बन्धित सामग्री