Thursday, July 04, 2024

-->

सरकार परिवर्तनको सहमतिसँगै शेयर बजारमा सकारात्मक सर्किट

'शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन। सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ।'

सरकार परिवर्तनको सहमतिसँगै शेयर बजारमा सकारात्मक सर्किट

काठमाडौँ– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै शेयर बजारमा उल्लेख्य सुधार आएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको हो।

आजको कारोबार शुरू भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो। त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो। “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन। सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ,” उनले भने।


सम्बन्धित सामग्री