काठमाडौँमा ‘सडक एम्बुलेन्स’ [तस्वीरहरू]

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने कार्यालयको विश्वास छ।

काठमाडौँमा ‘सडक एम्बुलेन्स’ [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सडक डिभिजन कार्यालय काठमाडौँले शहरी क्षेत्रका सडक खाल्डाखुल्डी–रहित बनाउन अभियान शुरू गरेको छ। 

नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी ‘तत्काल सुधार गर्न’का लागि कार्यालयले ‘सडक एम्बुलेन्स’ सेवा शुरू गरेको हो। कार्यालयका इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार सो एम्बुलेन्समार्फत ४७२ किलोमिटर सडकलाई पूर्ण रूपमा खाल्डाखुल्डी रहित बनाउने लक्ष्य छ। 

nullnull

२४ घण्टा सञ्चालन हुने एम्बुलेन्स सेवा आपत्कालीन अवस्थामासमेत सक्रिय रहने छ। खाल्डाखुल्डी मर्मतका लागि मुलपानी क्षेत्रमा खटिएका इन्जिनियर फुयाँलले अत्यधिक सवारी चापका कारण अधिकांश मर्मतकार्य रातिको समयमा गरिने बताए।

उनले भने, “दिनमा पनि तत्काल आवश्यक सडकमा मर्मत हुन्छ, तर मुख्य काम रातमा अघि बढाइन्छ।” एम्बुलेन्समा ५० डिग्री तापक्रममा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्नेलगायत सुविधा रहेको डिभिजनले जनाएकाे छ।

null

सडक मर्मतलाई अझ प्रभावकारी बनाउन कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु (आरएमएसआर)’ मोबाइल एप पनि सार्वजनिक गरेको छ। एपमार्फत सडक मर्मत आवश्यक स्थानको जानकारी संकलन गरिन्छ। 

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने कार्यालयको विश्वास छ। सडक एम्बुलेन्सको प्रयोगले भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने बताइएको छ।

null

काठमाडौँलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा लिएर शुरू गरिएको यो अभियान अन्य सडक डिभिजनमा पनि विस्तार गर्ने सरकारको योजना छ।

null