भोजपुरमा एम्बुलेन्स दुर्घटना, गम्भीर घाइते दुवैलाई काठमाडौँ रेफर

एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा मंगलबार भएको एम्बुलेन्स दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको छ।

दुर्घटनामा सवारी चालक सञ्जीव राई  र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार, प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुऱ्याई घोडेटार फर्किँदै गर्दा दुर्घटनामा परेको हो।

घाइतेको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।