आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ।
नेप्से ओरालो लागेसँगै परिसूचक २६०९.६९ को विन्दुमा सीमित भएको हो। यस दिन सेन्सेटिभ इन्डेक्स २.७० अंक, फ्लोट इन्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१४ अंकले घटेका छन्।
आइतबार नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। यस दिन ३२५ कम्पनीका एक करोड ७१ लाख ८६ हजार कित्ता शेयर ८९ हजार ७३१ पटकको किनबेचमा पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिद-बिक्री भएको थियो।
यस दिनको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
यस दिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
धेरैजसो स्टकको मूल्य ओरालो लागे पनि विन्ध्यवासिनी हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ८.५१ प्रतिशतले घटेर प्रतिकित्ता ६०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये जलविद्युत् उपसमूह सर्वाधिक १.२२ प्रतिशतले ओरालो लागेको छ। यस्तै, वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा सागर डिस्टिलरी, न्यादी ग्रुप पावर, बन्दिपुर केबलकार र युनाइटेड मोदी हाइड्रो अग्रस्थानमा रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
