पहिलो क्वालिफायर खेलमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ– सुदूरपश्चिम रोयल्स विराटनगर किङ्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनलमा प्रवेश गरेको छ। विराटनगरमाथि ७७ रनको सानदार जित हासिल गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
अब सुदूरपश्चिमले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग भिड्नेछ। उपाधि भिडन्त मंसिर २७ गते हुनेछ। पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ।
जितका लागि १५६ रनको लक्ष्य पछ्याएको विराटनगर ७८ रनमै अलआउट भयो। विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रनको योगदान दिए। त्यस्तै, मर्चेन्ट डे लाङ्गेले १५ र बसिर अहमदले १२ रन जोडे। अरू कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हरमित सिंह र अविनाश बोहराले समान २/२ विकेट लिए। त्यस्तै, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन बनायो।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए। आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे। हरमित सिंहले १४ र ईशान पाण्डेले १३ रनको योगदान दिए।
बलिङतर्फ विराटनगरका प्रतिश जीसी र मार्सेन्ट डे लाङ्गेले समान २–२ विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
