बेलायतको महानगरीय प्रहरी लन्डनले‘गेट्स’ नामले चर्चित कलाकार स्यामुएलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो।
बेलायत– चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुएलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको मृत्यु भएको स्वीकार गरेका छन्।
बेलायतको महानगरीय प्रहरी लन्डनले‘गेट्स’ नामले चर्चित कलाकार स्यामुएलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो।
प्रहरीले आफ्नो आधिकारिक वेभसाइटमार्फत भनेको छ, “३० माइल प्रतिघण्टाको गति सीमा तोकिएको सडकमा ४१ वर्षीय स्यामुएलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए।”
प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई ठक्कर दिएपछि स्यामुएल घटनास्थलमा नरोकिई भागेका थिए। ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो। युविन गत वर्ष सेप्टेम्बरमा बेलायत आएका थिए। उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा 'बीएस्सी बिजनेस म्यानेजमेन्ट' दोस्रो वर्षमा अध्ययनरत थिए।
दुर्घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी इनिस्पेक्टर मार्क ब्रथवेटले भने, “यो क्षतिको कुनै पनि हालतमा भरपाई हुनसक्दैन, तर अपराधमा संलग्नता स्वीकार न्याय प्राप्तिको बाटोमा एक महत्त्वपूर्ण कदम हो। यसले युविनको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ। हाम्रो समवेदना युविनको परिवारको साथ छ।”
बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पक्ष भएको बताए। तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उनले बताए।
दुर्घटनापछि भागेका स्यामुएलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बीमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला पारेको थियो।
यसैबीच यहाँको अदालतले स्यामुएललाई आगामी माघ २९ गते (फेब्रुअरी १२) सजाय सुनाउने निर्धारित भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
