६ कारोबार दिनपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– पछिल्लो ६ दिन निरन्तर कारोबार घटेको शेयर बजारमा मंगलबार भने सामान्य अंकको सुधार देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को बिन्दुमा कायम भएको हो।

यस दिन ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँमा खुम्चिएको छ। यसअघि सोमबार चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिनको कारोबारमा बैंकिङ ०.१२, लघुवित्त ०.०६, निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.०१ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।

विकास बैंक ०.३१, वित्त ०.४०, होटल तथा पर्यटन ०.८८, जलविद्युत् ०.८४, लगानी ०.१६ र जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फन्ड ०.३७ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ३१ करोड ९२ लाख ६ हजार ७१३ बराबरको सात लाख ६८ हजार ६५ कित्ता शेयर किनबेच भएको छ।