Monday, September 30, 2024

-->
जंगल सफारी
शीतलहर छल्दै जंगल सफारी

देशभर चिसो बढेको छ। यस्तो जाडोमा जंगली जनावर र चराचुरुंगी के गरिरहेका होलान्? शनिबारको फोटो फिचरमा, चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको दिनचर्या। चिसो मौसममा धेरैजसो जनावर घाम ताप्न बाहिर निस्कने भएकाले धेरै प्रजातिका चराचुरुंगी र जनावर देख्न सकिन्छ। यस बेला बाह्य पर्यटकको चहलपहल भने कम हुने गर्छ। निकुञ्जको बिहानी घाम नलागी हुस्सुबाट शुरू हुन्छ। दिउँसो जनावरहरू घाम ताप्न हिँडिरहेको देख्न सकिन्छ। यहाँ गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिँगे, बाँदर, लंगुरलगायत ६० भन्दा बढी प्रकारका स्तनधारी जंगली जनावर पाइन्छन्। तस्वीर: स्कन्द गौतम

प्रकाशित मिति:  


Topics