Thursday, June 27, 2024

-->
चाडपर्व
पानीको मुहान सफा गरेर मनाइयो सिथी नख:पर्व

नेवार समुदायले मनाउने धेरै पर्वमध्ये एक हो, सिथी नख: पर्व। यो अरूभन्दा भिन्न छ। नेवारको धेरै पर्वमा भोजभतेर, मन्दिर जाने, बाजागाजा बजाउने गरिन्छ। यस पर्वमा भने पानीका परम्परागत स्रोतको सरसफाइ गर्ने चलन छ। सिथी नख: पर्वको दिन टोलवासी मिलेर इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्छन्। जेठ शुक्ल पक्षको षष्ठीमा सिथी नख: मनाइन्छ। यसरी सफा गरेको ठाउँको पानी चार दिनसम्म चलाउन नहुने परम्परा छ।  यस अवसरमा ललितपुर–९ स्थित नारायण हिती सफा गर्दै स्थानीय। 

प्रकाशित मिति: