Monday, September 30, 2024

-->
पर्व
इन्द्रचोकको चुरापोते बजारमा चहलपहल

साउन लागेसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ। साउनमा महिलाहरू हरिया–पहेँला चुरापोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन्। हिन्दूहरूका देवता शिवलाई अर्पण गरिने साउन महिनाभर महिलाहरू हरियो, रातो र पहेँलो पोते लगाउने गर्छन्। पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ। हिन्दू धर्ममा सौभाग्यका रूपमा चिनिने पोते इरानी गहना हो। तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: