सेनाको हातमा सेता परेवा: संविधान दिवसको उपलक्षमा असोज ३ गते टुँडीखेलमा आयोजित कार्यक्रम। तस्वीर: रासस
खानेपानीको जाहोः सुर्खेतको पञ्चपुरी नगरपालिका-१०, गल्फामा बाढीले खानेपानीको मुहान बगाएपछि खोला बगरमा पानी भर्दै स्थानीय।
अब निर्धक्कः तनहुँको म्याग्दे गाउँपालिका–२ भैसीखरमा आयोजित घुम्ती शिविरमा १०० वर्षीया धनमाया परियारलाई कोभिडविरुद्धको खोप लगाइँदै।
विमोचनमा गठबन्धन: असोज ६ गते पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पुस्तक विमाेचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित चार पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराई।
जनावरलाई जोखिम: डोल्पाको डोल्पोबुद्ध–१ धोस्थित स्टार माउण्टेन नजिकै खोला पार गर्दै चौँँरीहरु।
स्वास्थ्य सचेतना: डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि तनहुँको व्यास नगरपालिकाद्वारा असोज ८ गते आयोजित ‘खोज र नष्ट अभियान’ अन्तर्गत एक मोटरसाइकल वर्कसपमा टायरमा जम्मा भएको पानी फाल्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेलगायत।