मौसम
तुवाँलोले ढाकियो काठमाडौँ
चिसो बढेसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषणले आकाश ढाकिएको छ। वर्षा नहुँदा र हावा नचल्दा धुवाँ–धुलोले उपत्यकाको आकाश ढाकिएको हो। आइतबार काठमाडौँको प्रदूषणको सूचकांक एक्यूआई १५८ नाघेको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम १६.२ डिग्री सेल्सियस रहेको छ। भक्तपुरको रानीकोटबाट देखिएको तुवाँलोले ढाकिएको काठमाडौँ उपत्यका। तस्वीर : अमित मचामसी
प्रकाशित मिति:
12/31/2022 8:35:28 AM