टोखा
चाकु बनाउने चटारो
उपत्यकावासीले माघे सङ्क्रान्तिको पर्यायका रूपमा बुझ्ने चाकु प्राचीन शहर टोखामा उत्पादन हुन्छ। टोखावासी यतिबेला चाकुसँग जोडिएको आफ्नो ठाउँको नाम जोगाउने गरी लागेका छन्। उखुको फाँटलाई नेवारी भाषामा टुख्य भनिन्छ। यही शब्द अपभ्रंश भएर टोखाको नाम रहन गएको बताइन्छ। सदाबहार चाकुको उत्पादन केन्द्र टोखामा माघे सङ्क्रान्ति सेरोफेरोमा स्थानीयवासी बढी व्यस्त हुने गर्दछन्।
प्रकाशित मिति:
1/3/2023 3:38:44 AM