आजको अंकमा बेनेडिक्ट एन्डरसनद्वारा लेखिएको पुस्तक "इम्याजिन्ड कम्युनिटिज्" को बारेमा सधैँ झैँ हरि शर्माले चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राष्ट्रको उत्पत्ति, विस्तार र सामाजिक तथा सांस्कृतिक तवरले कसरी राष्ट्रहरूको निर्माण भयो भन्नेबारे महत्त्वपूर्ण बहसलाई अगाडि बढाएको छ।
यो पडकास्ट २०२० मार्चमै रेकर्ड गरिएको हो जुन अहिले पुन: प्रसारण हुँदैछ। "इम्याजिन्ड कम्युनिटिज्" ले भाषा, सञ्चार र मुद्रणका माध्यमबाट कसरी कल्पित समुदायहरू निर्माण हुन्छन् भन्ने विषयमा प्रकाश पार्छ। यो पुस्तकले राष्ट्रवादको इतिहास, विचारधारा र यसको प्रभावलाई एकदमै स्पष्ट रूपमा विश्लेषण गरेको छ।
अब हरि शर्माबाट पुस्तकका प्रमुख बुँदाहरूको विस्तृत चर्चा सुन्नुस्। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ।