नेवार समुदायले समय सूचक एवं दान पर्वको रूपमा यमरी पून्ही मनाउने गर्छन्। आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा पनि लिने गरिन्छ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेलालाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।
जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ।
महोत्सवमा अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रबाट ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी, सन्न्यासी, भिक्षु र भिक्षुणी आउने जनाइएको छ।
किरात समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
लोकहितको सन्देशसहित मल्लकालीन समयबाट शुरू भई हरेक वर्ष पाटनस्थित कात्तिक डबलीमा मञ्चन हुँदै आएको कात्तिक नाच २७ दिनबाट खुम्चिएर ९ दिनमा कसरी पुग्यो?
२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक शुरू भएको हो।
कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ।
महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ।
गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो।
दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
मगर समुदायले देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाचगान गरि तिहार मनाउने गरेका छन्।
नेपाल संवतलाई विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
आजबाट नेवार समुदायले मनाउने नेपाल सम्वतको नयाँ वर्ष शुरू भएको छ। त्यसैगरी, आजै गोरु तिहार र म्ह: पूजा पनि परेका छन्।
माटोमा कला हेर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य हो दक्षिण भक्तपुरको पोटरी स्क्वायर। तर, रैथाने नेवारी समुदाय बसोबास गर्दै आएको यस ठाउँको नाम कसरी अंग्रेजीमा रहन गयो, के हो खास नाम?
तिहारका बेला असन, इन्द्रचोक लगायत व्यापारिक क्षेत्रमा कमलको निकै व्यापार हुन्छ। हिन्दू धर्ममा भगवान लक्ष्मीको प्रिय फूल मानिने कमललाई धन, पवित्रता र सौभाग्यको प्रतीकका रूपमा चढाउने गरिन्छ।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हुँदा बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय चलन रहेको छ।
वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ। विदेशमा र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ।
काग तिहार भने आइतबार परेको समितिले जनाएको छ। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ।