प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा श्रद्धा तथा भक्तिसाथ मनाइने यो पर्वलाई आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा पनि लिइन्छ।
चार दिनसम्म मनाइने यस चैती छठको पहिलो दिन (आज) आइतबार व्रतालुहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गर्छन्।
रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा मनाइँदैछ ।
आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्।
नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमंग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ।
पशुपतिमा तीन वर्षअघिदेखि नै गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ।
यस अवसरमा आइतबारदेखि नै काठमाडाैँको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ।
दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ। गीतको भाका र नाच्नेहरुबीच मादलको ताल मिल्नुपर्छ।
बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। यस दिनदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।
मगर र छन्त्याल समुदायमा माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।
थारु बस्ती बाक्लो भएको गाउँहरूबाट पछिल्लो समय थारु समुदायका युवायुवतीहरू आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ।
हिटी प्रणाली कला प्रदर्शनीले कथा, किंवदन्ती र विज्ञान–प्रविधि हुँदै कलाकारका क्यानभासमार्फत हिटीको महत्त्व, सामाजिक जीवन र यसको वर्तमान अवस्थाका विविध पाटोलाई उजागर गरेको छ।
कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र पारिएको छ।
व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा मगर, दरै र कुमाल समुदायका पहिचान झल्किने निर्माण गरिएको छ।
सौराहामा विदेशी पर्यटकको आगमनसँगै थारु समुदायले थारु नाच प्रस्तुत गर्न थालेपछि सांस्कृतिक पर्यटन विस्तार भएको छ।
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा तत्कालीन राजा रणजित मल्ल आफै उपस्थित भएर माधव नारायणको व्रत प्रारम्भ गरेको इतिहास छ।
पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन थियो। तर अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले नै परम्परा जोगाइरहेका छन्।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन्। यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ।
पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत शहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ।