घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्छन्।
ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले विजयादशमीको टीका प्रसाद ग्रहणका लागि बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ।
महानवमी
भक्तपुरको तलेजु भवानीको मन्दिर महानवमीको दिन मात्र सबैका लागि खुल्ला गरिन्छ। यस दिन भवानीको दर्शन गर्न जाने दर्शनार्थीहरूले करिब ५० वर्षअघि यहाँबाट हराएको तलेजु हार पनि सम्झिने गरेका छन्।
हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण दिनभर यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।
नवघोषित कुमारी इटुम्बहालकी अढाइ वर्षीया आर्यतारा शाक्यले अब विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्नेछ।
ललिनपुरको खोकनाका नेवार समुदायले सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।
खनियाबास र मालढुंगामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दशैँ भने मनाउँदै आएका छन्।
दशैँका बेला बस्तीहरूमा नवरात्रभर प्रत्येक रात गुञ्जिने भिझियाको लय र नृत्य पनि बिस्तारै लोप हुँदै गएको छ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म बडादशैँ पर्व मनाउने चलन छ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने हिन्दुहरूको महान् पर्व बडा दशैँ आजदेखि प्रारम्भ भएको छ।
रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको व्यवस्थापन समितिले जनाएको छ।
मंगलबार र बुधबारको जात्रा विधिवत् पूजामामात्र सीमित हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ।
जात्राको समयमा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
इन्द्रजात्रामा लाखेलाई जिस्काउने बालपात्र हो, झ्यालिन्चा। जसले मजिपाजस्तो शक्तिशाली लाखेलाई आफ्नो हर्कतबाट हैरान बनाउँछ। अनि दर्शक त्यही हेर्न लालायित हुन्छन्।
सुदूरपश्चिम क्षेत्रको विशेष चाड मानिने गाैरा काठमाडाैँमा पनि विविध कार्यक्रम गरी मनाइएको छ।
गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका स्थानीयले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन्।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।
ब्लु डायमन्ड सोसाइटीकी पिंकी गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले तिज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन्।