कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन्। सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरूसँगै काम गरिरहेका देखिन्छन्।
पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्किन सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
शनिबार नै हिन्दू धर्मावलम्बीले वर्षभर घरमा धार्मिक कार्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी र बाबुको मुख हेर्ने पर्व पनि मनाउँदैछन्।
पाथीभरामा केबलकार बनाउने र बनाउन नहुने पक्षबीच सांस्कृतिक रूपमै विभाजन शुरू भएको छ। हरेक वर्ष लाखेनाचको दिन हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ।
भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने जात्रामा विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित शहर परिक्रमा गर्ने चलन छ।
नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र देवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ।
युवापुस्ता रोजगारी तथा अन्य कार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सीप सिक्न हस्तान्तरण हुन सकेको छैन। बजारबाट खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ।
श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा सञ्चालन हुने जनाइएको छ।
नागपञ्चमीलाई वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूको चाडबाडको याम शुरू हुने दिनका रूपमा पनि लिइन्छ।
खेतीबाली लगाइसकेपछि किसानको थकान मेटाउन र राम्रो उत्पादनको कामनाका लागि ‘यार्तुङ’ अर्थात् घोडेजात्रा पर्व मनाउने चलन छ।
२०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरका थारू कलाकारले आ-आफ्नो ठाउँ विशेषका मौलिक प्रस्तुति दिएका छन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ।
भोटो जात्रा शुरू भएको यकिन मिति पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरू भएको किंवदन्ती छ।
नेवारी कला, संस्कृति र सभ्यता भनेको ‘नोस्टाल्जिया’ हो, सनातनी ब्राह्मण खेमाका कलाकार हरिप्रसाद शर्माका लागि। पहिचान र गौरवगाथामा नेवारजत्तिको सम्पन्न दुनियाँमै शायद कोही होला भन्छन् उनी।
तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने प्रचलन रहेको छ।
पाल्पाको निस्दी र पूर्वखोलाका मगर बस्तीमा घाटु नाच नाच्ने परम्परा छ। हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाचिन्छ।
गाउँका जिम्मावाल वा मुखियाको छोरासँग मैले मित लगाएको छु भनेर आडम्बर देखाउने व्यक्तिका बारे पहिले–पहिले हामी सुन्थ्यौँ। तर मितको अवधारणाअनुरूप हेर्ने हो भने त्यस्ता क्रियाकलाप नितान्त गलत हुन्।
बसाइँसराइको चलनचल्तीको ट्रेन्डले सबैभन्दा नराम्रोसँग लोमन्थाङजस्ता हिमाली बस्तीलाई प्रभावित गरेको छ। त्यसमा पनि आन्तरिकभन्दा बाह्य बसाइँसराइको प्रचलनमा बढी जोडिएको छ लोमन्थाङ।