AnonymousUser

Logout

थप पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, योमरी युनेस्कोमा सिफारिस

महासन्धि अनुमोदन भएको १६ वर्षपछि नेपाल सरकारले विभिन्न समुदायका थप पाँच वटा अमूर्त सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गर्दै संरक्षणको प्रक्रिया अघि बढाएको छ।

यस वर्ष मनसुन भित्रिन ढिलो हुने

नेपालमा सामान्यतया जुन १३ मै भित्रिसक्नुपर्ने मनसुन यस वर्ष पश्चिमी वायुको सक्रियता र प्रशान्त महासागरमा विकसित ‘एल निनो’को प्रभावका कारण केही दिन ढिलो गरी भित्रिने भएको छ।

ठमेलबाट साढे १ किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको ठमेलबाट पेटभित्र लुकाएर ल्याएको १ किलो ५०० ग्राम कोकिनसहित एक सेनेगाली पुरुष र कोकिन बुझ्न दिल्लीबाट आएका दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।

राजनीतिक तनाव र भिसा विवादबीच इरानी टोली विश्वकपको मैदानमा

विश्वकप शुरू हुनुअघि नै राजनीतिक तनाव, भिसा विवाद र विरोध प्रदर्शनले इरानको तयारी प्रभावित भए पनि खेलाडीहरू बाहिरी प्रचारमा नअल्मलिई खेलमा केन्द्रित हुने मुख्य प्रशिक्षक अमिर घालेनोईले बताएका छन्।

नेप्से परिसूचक १२ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

धितोपत्र बजारमा सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ को बिन्दुमा कायम भएको छ।

हाम्रा ज्येष्ठ नागरिकको खुशी र समृद्धि

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा आजको राज्य र समाजको उत्तरदायित्व र सभ्यता नाप्ने सूचक हो। ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्वभर चेतना दिवस मनाइरहँदा एकपल्ट हामी यसमै घोत्लिने कि?

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी दाङ, ललितपुर र सल्यानमा तीन जना जनाको मृत्यु भएको छ।

जंगलमा खेर जाने अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिलाहरू जंगलमा खेर जाने अल्लोको पुवा प्रशोधन गरी विभिन्न सामग्री उत्पादन गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न थालेका छन्।

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव र बजारको समस्या प्रमुख चुनौती: राष्ट्र बैंकको अध्ययन

राष्ट्र बैंकको अध्ययनले मुलुकको औद्योगिक विकासका लागि दक्ष प्राविधिक जनशक्तिको अभाव, उच्च उत्पादन लागत र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख चुनौतीका रूपमा देखाएको छ।

शान्ति सम्झौतालाई लिएर इरानमा विरोध प्रदर्शन, विदेशमन्त्रीको राजीनामा माग

अमेरिकासँग हुन लागेको भनिएको सम्झौताले तेहरानको रणनीतिक प्रभाव कमजोर पार्ने भन्दै इरानका विभिन्न शहरमा कूटनीतिज्ञहरूविरुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

मोरक्कोसँग बराबरीमा रोकियो पाँचपटकको विश्व विजेता ब्राजिल

२४ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको ब्राजिल पहिलो खेलमा अफ्रिकी देश मोरक्कोसँग बराबरीमा रोकिएको छ।

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विकास कार्यक्रममार्फत देशका एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड एक लाख रुपैयाँ विनियोजन गरेको छ।

अमेरिका–इरानबीच २४ घण्टाभित्र सम्झौता हुनसक्छ : पाकिस्तान

युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच २४ घण्टाभित्र सम्झौता हुन सक्ने दाबी मध्यस्थकर्ता पाकिस्तानले गरेको छ।

संवैधानिक नियुक्तिः यसरी गरौँ सुधार

संवैधानिक परिषद्–न्याय परिषद्को सिफारिसदेखि संसदीय सुनुवाईसम्मको प्रक्रियालाई बन्द कोठाको भागबन्डा वा सरकारको बहुमतको औजार मात्र बनाइरहने कि प्रणालीगत सुधार नै गर्ने भन्नेबारे बहस गर्नैपर्ने भयो।

भिरबाट खसेको ढुंगा लागेर हुम्लामा एक किशोरीको मृत्यु

हुम्लाको सर्केगाडमा कर्णाली करिडोरमा माथिबाट अचानक ढुंगा खसेर लाग्दा गाईगोरु चराउन जंगल गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ।

काभ्रे बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेको नमोबुद्धमा आठ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको छानबिनका लागि नेपाल प्रहरीले वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गरेको छ।

बजेट र जनशक्ति नहुँदा करौँडाका डायलासिस मेसिन प्रयोगविहीन

भौतिक पूर्वाधार, आवश्यक बजेट र प्राविधिक जनशक्तिको अभावमा पश्चिम नवलपरासीका विभिन्न अस्पतालमा करोडौँ मूल्यका डायलासिस मेसिनहरू प्रयोगविहीन बनेका छन्।

रंगमञ्च

महाभारत : युद्धको पुनर्कथा होइन, आजको समाजको ऐना

महाभारत कथामा कर्ण पात्रको क्षमता उसको जन्मभन्दा ठूलो छ, तर समाजले उसलाई जन्मकै आधारमा मापन गर्छ। योग्यता हुँदाहुँदै पनि स्वीकार नपाउने पीडा आज पनि हजारौँ युवाहरूको अनुभव हो।

क्याम्सको आयोजनामा शनिबार उजामामा निःशुल्क स्वास्थ्य जाँच

सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट (क्याम्स)ले शनिबार काठमाडौँको शंखमूलस्थित उजामा क्याफेमा निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ।

कस्तो रहला आजको मौसम?

नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।