एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टिमले एक–एक अंक बाँडेका छन्।
काठमाडौँ- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएपछि नेपाल र जापानले एक–एक अंक बाँडेका छन्।
निसिनमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। सन्दीप जोराले ५७ तथा लोकेश बमले अविजित ५२ रन बनाएपछि नेपालले बलियो योगफल तयार गरेको थियो। त्यसपछि वर्षा भएपछि जापानको इनिङ्स शुरू हुन सकेन।
यससँगै २ खेलबाट ३ अंक जोडेको नेपाल समूह ‘ए’ को विजेता बनेको छ। नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो भने जापानसँगको खेलमा एक अंक पाएको हो। नेपालले समूह विजेताका रूपमा प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको छ।
समूहमा अफगानिस्तान २ अंकसहित दोस्रो तथा जापान १ अंकसहित तेस्रो स्थानमा रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
