एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा  यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

काठमाडौँ– एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा  यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेपालले शुरूवाती १४ ओभरमा कुनै विकेट नगुमाई ७१ रन बनाएको छ।

क्वालालम्पुरमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालका आसिफ शेख ३४ र अर्जुन कुमाल ३२ रनमा खेलिरहेका छन्।

अर्जुनले ४२ बलमा ५ चौका प्रहार गरेका छन् भने आसिफले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका छन्। 

यो खेल जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ।