सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’लोकार्पण भएको छ।

काठमाडौँ- लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’लोकार्पण भएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको कृतिमा देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गरिएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए। दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा कृतिमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।

लोकार्पण कार्यक्रममा लेखक भट्टराईले ‘कलेजी प्रेम’ केवल प्रेमकथामा सीमित नभई समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक प्रयास भएको बताए।
प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने धेरै युवाको जीवनसँग मेल खाने बताए। उनले देशप्रतिको नागरिक दायित्वमा जोड दिँदै लेखकसहित युवालाई आफ्नो सीप र ज्ञान देश निर्माणमा प्रयोग गर्न आग्रह गरे।