लेखक पशुपति घिमिरेको कृति ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक भएको छ।
काठमाडौँ- लेखक पशुपति घिमिरेको कृति ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा सम्पन्न एक समारोहमा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, विश्व साइकलयात्री पुष्कर शाह, समीक्षक राजकुमार बानिया, कवि प्रल्हाद पोखरेल, प्रकाशक पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र लेखक घिमिरेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले सिर्जना कहिल्यै पूर्ण नहुने बताए। डायस्पोरिक लेखनमा परिचित नाम बनाइसकेका घिमिरेको सरल तर मनोवैज्ञानिक प्रभाव पार्न सक्ने भाषा शैलीले यस कृतिलाई विशिष्ट बनाएको उनको भनाइ थियो।
समीक्षक राजकुमार बानियाले पुस्तकको कवितात्मक भाषाशैली यसको विशेष पक्ष भएको बताए । अनुभवबाट खारिएका यी नियात्राले पाठकको भित्री संवेदनालाई छुन सक्ने क्षमता राख्ने उनको मत थियो । सो सङ्ग्रहमा जीवनचेतका मार्मिक बिम्बहरू समेटिएको पनि उनले बताए।
विश्व साइकलयात्री पुष्कर शाहले यस कृतिले जादु जस्तै घुमफिरको चाहना जगाउने बताए। जीवनदर्शन र भौतिक विज्ञानजस्ता गहन विषयलाई समेत सहज ढङ्गले पाठकसमक्ष पुर्याउनु घिमिरेको काव्यिक प्रतिभाको प्रमाण भएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
