काठमाडौँको नेपालरत्न माध्यमिक विद्यालयमा एक साता लामो दन्त शिविर सम्पन्न भएको छ।
काठमाडौँ - काठमाडौँको नेपालरत्न माध्यमिक विद्यालयमा एक सातासलामो दन्त शिविर सम्पन्न भएको छ। फ्रान्सस्थित नमस्ते कालिका र नेपालस्थित माया नेपाल संस्थाको सहकार्यमा असोज १८ देखि २३ गतेसम्म सञ्चालित शिविरमा चार सय विद्यार्थी तथा अभिभावकको दाँत परीक्षण, सफाइ र किराले खाएका दाँतमा फिलिङ गरिएको माया नेपालकी अध्यक्ष निहिता पाछैले बताइन्।
यी दुई संस्थाले सन् २०१८ देखि प्रत्येक दुई वर्षमा फ्रान्सबाट दन्त विशेषज्ञ ल्याएर विद्यालयमा शिविर सञ्चालन गर्दै आएका छन्। यसका साथै हरेक दुई महिनामा नेपाली दन्त चिकित्सकमार्फत विद्यार्थीको दाँत परीक्षण गराउने गरिएको छ।
शिविरमा फ्रान्सेली दन्त चिकित्सक डा. मिसेल पपिल्लार्ड र क्रिस्टिन पेरेजले सेवा दिएका थिए। शिविरका लागि आवश्यक सामग्री फ्रान्सबाटै ल्याइएको डा. मिसेलले बताइन्। उनका अनुसार पाँच कक्षाभन्दा तलका अधिकांश विद्यार्थीमा दाँत किराले खाने समस्या देखिएको छ। तर, दुई वर्षअघिको तुलनामा माथिल्ला कक्षाका विद्यार्थीमा यस्तो समस्या कम भएको उनको अनुभव छ।
४४ वर्षदेखि दन्त चिकित्साको क्षेत्रमा सक्रिय डा. मिसेलले फ्रान्समा सरकारले रोग लाग्नुअघि नै रोकथाममा जोड दिने र हरेक वर्ष दाँत परीक्षण गराउने व्यवस्था रहेकाले नेपालमा जस्तो समस्या नरहेको बताइन्। शिविरमा आफूहरूले दिएका सुझाव विद्यार्थी र अभिभावकले व्यवहारमा उतारेको देख्दा खुसी लागेको उनले सुनाइन्। बालबालिकाले नियमित दाँत माझ्न थालेको र कतिपय बालिकाले भविष्यमा दन्त चिकित्सक बन्ने इच्छा व्यक्त गरेको पनि उनले बताइन्।
नमस्ते कालिकाले नेपालरत्न माविका २० विद्यार्थीलाई सन् २०१८ देखि दिवा खाजा, पोसाक र औषधोपचारमा सहयोग गर्दै आएको छ। फ्रान्समा च्यारिटीमार्फत रकम संकलन गरी माया नेपालसँगको सहकार्यमा नेपाली बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको संस्थाले हालै रसुवाको बाढीका कारण घर गुमाएर विस्थापित भएका परिवारका तीन बालबालिकाको पढाइमा समेत सहयोग गरिरहेको छ।
सन् २००४ मा नेपाल घुम्न आएका फ्रान्सेली नागरिक जँ फँस्वाले नुवाकोटको गेर्खुस्थित कालिका निम्न माध्यमिक विद्यालयमा बालबालिका भुइँमा बसेर पढिरहेको देखेपछि विद्यालयलाई सहयोग जुटाउन थालेका थिए। सन् २०११ मा फँस्वा र स्थानीयको सहयोगमा बनेको विद्यालय भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि उनले फ्रान्समा नमस्ते कालिका नामक परोपकारी संस्था स्थापना गरी पुनर्निर्माणका लागि सहयोग जुटाए। संस्थामा आबद्ध तथा गेर्खुकै स्थानीयवासी जनक प्याकुरेलका अनुसार त्यसबेला फ्रान्समा एक करोड २९ लाख ५० हजार रुपैयाँ संकलन गरी विद्यालय पुनर्निर्माण गरिएको थियो।
‘यति राम्रो देश नेपालका बालबालिकाले पढ्न नपाएको देखेर सहयोग गर्न मन लाग्यो,’ फँस्वाले भने। अहिले उक्त विद्यालय माध्यमिक तहमा स्तरोन्नति भएको छ। नमस्ते कालिकाले विद्यालयका दुई शिक्षक र एक कार्यालय सहयोगीको तलब तथा सुविधासमेत बेहोर्दै आएको छ। यसका लागि संस्थाले विद्यालयलाई वार्षिक पाँच लाख ८४ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
