पहिलो महाधिवेशन भएकाले कमीकमजोरी भएको भनी स्पष्टीकरण दिएको पनि सुनियो। पैलोचोटि भएका कारण कमीकमजोरीलाई मानिदिँदा त उहाँहरूको ‘देश बनाउने’ वाचा त पत्याउनै भएन, यसअघि कति वटा देश बनाएको अनुभव छ र उहाँहरूसँग?
रवि र बालेनमा यौटा समानता थियो, एकले टीभीबाट र अर्काले फेसबुकबाट ताली खाने सामग्री दिइरहे। ‘नाकको डाँडी भाँच्ने’ ‘उडी उडी राउण्ड किक हान्ने’ रवि र ‘सिंहदरबार जलाउने’ ‘नेताहरूलाई टुकुचामा गाड्ने’ बालेनको भाव उही थियो।
यतिबेला नेपाली पर्यटन क्षेत्रकै आत्मविश्वास उकास्नेगरी आइरहेका भारतीय पर्यटकको उचित व्यवस्थापन समयमै सही तवरबाट गर्न नसकिए यसबाट लाभभन्दा ज्यादा नोक्सानी ब्यहोर्नुपर्ने हुनसक्छ।
कलिलैमा बालबालिकालाई अपराधमा धकेल्न पारिवारिक विखण्डन, मानसिक तनाव र कमजोर सामाजिक संरक्षण मुख्यरूपमा जिम्मेवार छन्। उनीहरूलाई जोगाउनुपर्ने परिवार, समुदाय र राज्य कहाँ चुकिरहेका छन्?
झडप, आगजनीपछि सुनसान भक्तपुरस्थित बाल सुधारगृहका भित्ता–भित्तामा कोरिएका शब्द–चित्र सुधार र पुनर्स्थापनामा आधारित नेपालको बाल न्याय प्रणालीमाथि प्रश्न उठाउने प्रमाण बनेका छन्।
मकवानपुरको राक्सिराङ जस्ता बस्तीमा चट्याङ मौसमी घटना मात्र नभई नियमित त्रास बनेको छ। पछिल्ला वर्षहरूमा मानवीय र भौतिक क्षति बढिरहँदा चट्याङबाट जोगिने–जोगाउने उपाय खोजिएको छैन।
एउटै जिल्लामा ४४ र एउटै पालिकामा १६ वटासम्म जलविद्युत् आयोजना निर्माणको दौडमा रहेको राज्य, त्यसबाट उठिबास लाग्दै गरेका नागरिकको पीडाप्रति उदासीन देखिन्छ। भोटेकोशीबाट जलविद्युत आयोजनाहरू चिहाउँदाको दृश्य:
दुर्घटना हुँदा उद्धार टोली नआउने, घाइतेले उपचार वा मृतकका परिवारले क्षतिपूर्ति र कानूनी संरक्षणसम्म नपाउने मेघालयका ज्यानमारा र्याटहोलहरूमा किन छिरिरहेका छन् पूर्वी पहाडका युवा?
काठमाडौँको बुढानीलकण्ठमा पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएको नगरपालिकाले नै स्वीकारेको छ। तर त्यो जग्गा खाली गर्न उसकै अनिच्छा देखिन्छ।
विभिन्न कसुरमा कारागार पुगेका वृद्धवृद्धा र थला परेका दीर्घरोगीलाई कानूनले दिएको कैद छुटको व्यवस्था नै लागू हुन सकेको छैन। परिणाम– उनीहरू बुढ्यौली र रोगले गाँजेर कारागारभित्रै मृत्यु पर्खने नियतिमा छन्।
सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी संविधानले स्थानीय तहलाई सुम्पेको छ। वीरगन्ज महानगरपालिका भने व्यक्तिको जग्गासमेत हडप्ने भू–माफियाको खेलमा भर्याङ बनेको छ, कसरी?
मनसुन शुरू भएसँगै सुरुङ र मुहान क्षेत्रमा आउन सक्ने बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी आयोजनाले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा पानी आपूर्ति बन्द गरेको छ।
नेपालमा उत्पादन भएभन्दा बढी स्वास्थ्यकर्मीले विदेश पलायनका लागि अनुमति लिँदा राज्यको अर्बौं रुपैयाँ बराबरको लगानी खेर गएको छ।
कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भएको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ।
मनसुनजन्य विपद्का समयमा देशैभर तत्काल खोज तथा उद्धार कार्यमा खटिने गरी नेपाल प्रहरीले १० हजारभन्दा बढी जनशक्तिलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राखेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा कार्यरत नरहेका कर्मचारीका चार हजारभन्दा बढी प्रवेश पास अझै पनि प्रणालीमा सक्रिय रहेको पाइएपछि सरकारले तिनलाई निष्क्रिय बनाउन थालेको छ।
मनसुनी वर्षा भएपछि मधेश प्रदेशका आठै जिल्लाका किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् भने प्रदेश सरकारले पनि बालीलाई लक्षित गरी रासायनिक मलको कोटा बाँडफाँट गरेको …
माघदेखि बन्द गरिएको त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम असार १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ।
निरन्तर ओरालो लागिरहेको शेयरबजार परिसूचक नेप्से सात कारोबार दिनपछि बल्ल बुधबार ४४ अंकले बढेको छ।
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी रहँदा सरकारको राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ भने विकास खर्च (पुँजीगत) जम्मा ३४.८७ …
बिहीबार धितोपत्र बजारमा नेप्से परिसूचक करिब ९ अंकले उकालो लाग्दै २६६१ को विन्दुमा पुगेको छ भने कारोबार रकम चार अर्ब ११ करोड नाघेको छ।
नेप्से परिसूचक शुक्रबार झिनो अंकले ओरालो लागेर २६४९.५१ को विन्दुमा बन्द भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँ बढेर दुई लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार नेप्से परिसूचक ८.५० अंकले ओरालो लागेर २६५१.५२ को विन्दुमा सीमित भएको छ।
पाठेघरलाई सृष्टिको मूल स्रोतका रूपमा व्याख्या गर्नु, मासिकस्रावलाई लाज वा कमजोरी होइन, बरु सृष्टिको निरन्तरतासँग जोडिएको एक पवित्र जैविक प्रक्रियाका रूपमा व्याख्या गर्नु उपन्यासको साहसिक र रूपान्तरणकारी दृष्टिकोण हो।
भूमिगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पूरा गरी जन्मथलो फर्किएका गमबहादुर श्रीसले म्याग्दीको बरम्जामा व्यावसायिक कृषि र पशुपालन गरिरहेका छन्।