बागमतीका ६ स्थानमा ट्रास बेरियर [तस्वीरहरू]

ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरू जस्तै: प्लास्टिक, प्लास्टिकका बोतल, काठका टुक्रा, फोमलगायत तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ।

बागमतीका ६ स्थानमा ट्रास बेरियर [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरिएको छ। ६५ लाख रुपैयाँ खर्च गरेर यस्ता बेरियर राखिएको हो।

बागमतीका ६ स्थानमा यस्ता बेरियर राखिएको छ। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, यूएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ। धोबीखोलाको सेतोपुल नजिक पनि जडान गरिएको छ।

null

बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरू जस्तै: प्लास्टिक, प्लास्टिकका बोतल, काठका टुक्रा, फोमलगायत तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ। परीक्षणको रूपमा यसलाई जडान गरिएको हो । 

प्रारम्भिक रूपमा प्रभावकारी नै देखिएको समितिले जनाएको छ। पानीको सतह घटबढ हुँदा बेरियर आफै तलमाथि हुन्छ। बर्खामा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरूमा राख्नेबारे तय गरिने जनाइएको छ।

nullnullnullnull