एआईको दुरुपयोग गरी भ्रम फैलाएको आरोपमा दक्षिण कोरियाका एक ४० वर्षीय पुरुषलाई ५ वर्षसम्मको जेल सजाय र करिब १० लाख रुपैयाँसम्म जरिबाना हुनसक्ने भएको छ।
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्मित तस्वीरको प्रयोग जताततै बढीरहेको छ। नेपालीहरुमाझ पनि यस्ता तस्वीर/भिडियो सामाजिक सञ्जालमा शेयर गर्ने र लाइक कमेन्टमा उत्रिनेहरुको जमात ठूलै छ।
तर यसरी शेयर गर्ने एआई तस्वीर/भिडियोको संवेदनशीलता नबुझ्दा त्यसले समाजमा वा मानिशहरूको भावनामा आघात पुर्याइरहेको हुन्छ। सुरक्षा चुनाैती पनि बनिरहेको हुन्छ। यस्तै अवस्था निम्तिँदा दक्षिण कोरियामा एक जनाले पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने भएको छ।
एआईको दुरुपयोग गरी भ्रम फैलाएको आरोपमा दक्षिण कोरियाका एक ४० वर्षीय पुरुषलाई ५ वर्षसम्मको जेल सजाय र करिब ६ हजार ७०० अमेरिकी डलर (करिब १० लाख नेपाली रुपैयाँ) जरिबाना हुनसक्ने भएको छ।
भएको के थियो भने, दक्षिण कोरियाको डेजोन शहरस्थित एउटा चिडियाखानाबाट नुकगु नाम गरेको एक साँच्चिकै ब्वाँसो भागेपछि शहरभरि त्रास फैलिएको थियो। चिडियाखानाका अधिकारीहरूले उक्त ब्वाँसोलाई पक्रन ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरू परिचालन गरेका थिए।
यसै बीच, ती आरोपित व्यक्तिले एआई प्रयोग गरेर एउटा यथार्थपरक (रियालिस्टिक) तस्वीर बनाए, जसमा ब्वाँसो शहरको सडकमा हिँडिरहेको देखिन्थ्यो। उनले उक्त तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यो तुरुन्तै भाइरल भयो।
प्रहरीका अनुसार, उक्त एआईनिर्मित तस्वीरलाई वास्तविक ठानेर सुरक्षा निकायले आफ्नो खोजी कार्यको दिशा परिवर्तन गरेको थियो। यसले गर्दा वास्तविक ब्वाँसोलाई समात्न करिब ९ दिन ढिलाइ भयो। गलत सूचनाका कारण प्रहरी र दमकलकर्मीहरू गलत ठाउँमा परिचालित हुनुपर्यो, जसले गर्दा सार्वजनिक सुरक्षामा थप चुनौती थपिएको अधिकारीहरूको भनाइ छ।
ब्वाँसोको डरले केही विद्यालयहरू समेत बन्द गरिएका थिए र स्थानीय बासिन्दाहरू लामो समयसम्म त्रसित बनेका थिए। पछि उक्त ब्वाँसोलाई शहर बाहिरको ग्रामीण इलाकामा फेला पारिएको थियो।
पक्राउ परेपछि ती व्यक्तिले आफूले केवल रमाइलोका लागि उक्त तस्वीर बनाएको स्वीकार गरेका छन्। तर, प्रशासनले यसलाई गम्भीर अपराध मानेको छ। सरकारी काममा अवरोध पुर्याएको र सार्वजनिक व्यवस्थामा खलल पुर्याएको अभियोगमा उनीविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।
यो घटनाले एआई प्रविधिको दुरुपयोगले वास्तविक संसारमा कति गम्भीर परिणाम ल्याउन सक्छ र सरकारी संयन्त्रलाई कसरी अलमल्याउन सक्छ भन्ने कुराको ठूलो उदाहरण पेस गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
