वेमोको स्वचालित ट्याक्सीमा सवार उनलाई बाटोमा नै प्रसव पीडा भयो र गाडीभित्रै बच्चा जन्मियो।
कल्पना गर्नुहोस् त, कुनै स्वचालित (ड्राइभररहित) गाडीमा यात्रा गर्दै गर्दा प्रसव पीडा शुरू हुन्छ र त्यहीँ बच्चा जन्मिन्छ। हलिवुड फिक्सन मुभीको दृश्य जस्तो लाग्ने यो कुरा अब वास्तविकता बनेको छ।
अमेरिकाको सान फ्रान्सिस्कोमा वेमोको स्वचालित ट्याक्सीमा गत महिना एक महिलाले बच्चा जन्माएको घटनाले निकै चर्चा बटुल्यो। साथै एआई-मानवको भविष्यबारे पनि केही संकेत गर्दै प्रविधिको दुनियाँमा नयाँ अध्याय थपेको बताइएको छ।
ती महिला युनिभर्सिटी अफ क्यालिफोर्निया (यूसीएसएफ)को मेडिकल सेन्टरतर्फ जाँदै थिइन्। वेमोको स्वचालित ट्याक्सीमा सवार उनलाई बाटोमा नै प्रसव पीडा भयो र गाडीभित्रै बच्चा जन्मियो। वेमो, जुन गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको स्वामित्वमा छ, यसका गाडीहरूमा क्यामेरा र माइक्रोफोन जडान गरिएका हुन्छन्। कम्पनीको राइडर सपोर्ट टिमले गाडीभित्र असामान्य गतिविधि भएको पत्ता लगाउन सक्छ। टिमले तुरुन्तै महिलालाई फोन गर्दै आपतकालीन सेवा ९११ लाई पनि सूचित गरे।
गाडी अस्पताल पुग्दा आपतकालीन सेवा आउनुभन्दा पहिले नै आमा र नवजात शिशु दुवै सुरक्षित थिए। घटनापछि ट्याक्सीलाई सफा गरियो।
वेमोका अनुसार, यो घटना दुर्लभ भए पनि पहिलो पटक भने होइन। कम्पनीले आफ्नो बयानमा भनेको छ, "हामी गर्व गर्छौं कि हाम्रो राइड जीवनका ठूला–साना हरेक पलहरूका लागि विश्वसनीय सवारी हो।"
वेमोका ट्याक्सीहरू सान फ्रान्सिस्को, सिलिकन भ्याली, लस एन्जलस र फिनिक्स जस्ता ठाउँहरूमा चल्छन्, जसले फ्रीवे र इन्टरस्टेटमा पनि यात्रा गर्न सक्छन्।
यसअघि वेमोका गाडीबारे नकारात्मक समाचार पनि बनेका थिए। अक्टोबरमा मिसन डिस्ट्रिक्टमा एक बिरालोलाई कुचलेको घटना वा सेप्टेम्बरमा पुलिस अगाडि अवैध यूटर्न गरेको भन्दै यस स्वचालित ट्याक्सीमाथि प्रश्न पनि उठेका थिए। तर पछिल्लो घटनाले प्रविधिले कसरी जीवन बचाउन सक्छ भन्ने उदाहरण दिएको छ।
समाचार एजेन्सी एपीका अनुसार सान फ्रान्सिस्कोमा वेमोका ट्याक्सीहरूको लोकप्रियता बढ्दै गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
