मंगलबार नेप्से परिसूचक ४८ अंकले बढेर २६३३ विन्दु पार गरेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २,६३३.६२ विन्दुमा पुगेको छ।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१९ अंकले बढेर ४६७.४५ विन्दुमा पुगेको छ। फ्लोट सूचक ३.५६ अंकले बढेर १८१.१३ र सेन्सेटिभ फ्लोट सूचक ३.१३ अंकले बढेर १५७.९१ विन्दुमा पुगेका छन्।
मंगलबार विभिन्न कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर आठ अर्ब २९ करोड १७ हजार ११५ मूल्यमा खरिद-बिक्री भएका छन्।
कारोबार भएका सबै उपसमूहका सूचक सकारात्मक देखिएका छन्। कुल २६५ कम्पनीको शेयर मूल्य बढ्यो भने १२ कम्पनीको शेयर मूल्य घट्यो। त्यसैगरी, एक कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र मल्टिपर्पोज फाइनान्स कम्पनीलगायतका लगानीकर्ताले मंगलबार धेरै कमाएका छन्। उता एभरेस्ट बैंक, केबिएल डिबेञ्चर र बोटल्स नेपाल (बालाजु) लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
