नेप्से परिसूचक ४३ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा ओर्लिएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६८ अंकले घटेर ४४४.४३ मा पुगेको छ। फ्लोट सूचक ३.०२ अंकले घटेर १७२.२४ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक २.४१ अंकले घटेर १४९.७७ मा सीमित भएको छ।

आज विभिन्न कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता सेयर तीन अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँमा खरिद-बिक्री भएको छ। आज कारोबार भएका १३ उपसमूहमध्ये एउटाको मात्र सेयर मूल्य बढेको छ भने बाँकी १२ उपसमूहको घटेको छ। कुल २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ भने चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार आज उपकार लघुवित्त, घोराही सिमेन्ट र एनआईसी एसिया डिबेन्चरका लगानीकर्ताले कमाएका छन् भने मैलुङ खोला जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर र एमबिएल इक्विटी फन्डका लगानीकर्ताले गुमाएका छन्।