अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी
नेपाल क्रिकेट संघ

काठमाडौँ- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

निसिनमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा अविजित रहे। कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। गुल्सन झाले १ रनमा अविजित रहे।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। उसका लागि फैसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए। 

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए। भुर्तेलले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिँदा राजवंशीले ४ ओभरमा १३ रन खर्चिए।

यो जितसँगै नेपालले एसियाली खेलकुदको समूह चरणमा महत्वपूर्ण जित हात पारेको छ। नेपालले अब समूह चरणको अर्को खेल जापानसँग सेप्टेम्बर २६ मा खेल्नेछ।