एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा जापानलाई नेपालले १५० रनको लक्ष्य दिएको छ।
काठमाडौँ- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा जापानलाई नेपालले १५० रनको लक्ष्य दिएको छ।
निसिनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको हो। नेपालको इनिङ्समा सन्दीप जोराले ५७ रन बनाए। उनले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै लोकेश बमले ५२ रनमा अविजित रहे। उनले २२ बलमा १ चौका र ६ छक्का प्रहार गरे। आसिफ शेखले २१ रन बनाए। नेपालका कुशल भुर्तेल ४, कुशल मल्ल २ र गुल्सन झा २ रनमा आउट भए।
जापानका लागि रेओ साकुरानो–थोमस, जेक कुसुडा–नेर्न, डेक्लान सुजुकी र इब्राहिम ताकाहासीले समान एक–एक विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
