डीडी पन्तको शब्द सिर्जना रहेको गीतमा विश्वव्यापी रूपमा बढिरहेको जलवायु संकट, अव्यवस्थित विकास र हिमाली तथा पहाडी क्षेत्रका प्राकृतिक स्रोतको अचाक्ली दोहनबारे प्रश्न उठाइएको छ।
काठमाडौँ– गत भदौ १० गते भोटेकोशी नदीमा आएको भयानक बाढीले पुरिएका जलविद्युत आयोजनाका सुरुङभित्र अझै पनि कसैको जीवितै उद्धार गर्न सकिने आशा २१ दिन बित्दासम्म केही हदसम्म कायम छ। त्यही भएर सुरक्षाकर्मी र उद्धारकर्ताहरू सुरुङ थुनेका चट्टान र लेदो हटाउन व्यस्त छन्।
यी प्रयासबीच त्यो भयानक बाढीले निम्त्याएको विपत्ति कतिसम्म कहालीलाग्दो छ भन्ने एकपछि अर्को पत्र उजागर भइरहेका छन्। यो क्रम चलिरहँदा त्यसको साङ्गोपाङ्गो तस्बिर देखाउने गीत सार्वजनिक भएको छ– ‘ए नदी ए हिमाल’। रसुवा, नुवाकोट, धादिङ र गोरखासम्म विनाशलीला मच्चाएको बाढीबाट भएको क्षति समेटिएको यो गीतमा बाढीले बेपत्ता पारेका व्यक्ति, विस्थापित गरेका परिवार, तहसनहस भएका संरचना र सम्पत्ति तथा त्यसले बढारेका कैयौँ सपनालाई पनि समेटिएको छ।
डीडी पन्तको शब्द सिर्जना रहेको गीतमा विश्वव्यापी रूपमा बढिरहेको जलवायु संकट, त्यसबाहेकका अव्यवस्थित विकास, नदी लगायतका स्रोत (खासगरी हिमाली तथा पहाडी क्षेत्रमा)को अचाक्ली दोहनबारे प्रश्न उठाइएको छ। अनि यसबाट सिर्जना हुने विपद् र सम्भावित क्षति रोक्ने पूर्वतयारीको विषय पनि उठाइएको छ।
भोटेकोशी बाढीको विनाशलीला ढिलोचाँडो स्मृतिबाट हराउँदै जाला, तर त्यसले परिवार र समुदायमा पारेको दीर्घकालीन प्रभाव तत्काल विस्मृतिमा गइहाल्ने देखिँदैन। गीतमा योसँगै प्रकृति र मानवीय क्रियाकलापको सम्बन्धलाई प्रमुख विषय बनाइएको छ।
गीतको अर्को रोचक पक्षचाहिँ यसमा स्वर र संगीत सुनोडटकम (एआई प्लेटफर्म) मार्फत दिइएको गीतकार पन्तले बताए। यसको म्युजिक भिडियो सम्पादन सुभाष पन्तले गरेका छन्, जसमा बाढी आउँदाको अवस्था, त्यसले निम्त्याएको विनाश र विनाशपछिका विभिन्न दृश्यसमेत समेटिएका छन्।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
