हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा शुक्रबार दिउँसोदेखि निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।
काठमाडौँ- हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा शुक्रबार दिउँसोदेखि निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। लगातार हिउँ परेपछि स्थानीयलाई घरबाहिर निस्किन तथा दैनिक कामकाज गर्न समस्या भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए।
उनका अनुसार आइतबारदेखि हिमपात केही कम भएको छ। लगातारको हिमपातका कारण खर्कमा रहेका मानिससँगै चौँरी र घोडासमेत प्रभावित भएका छन्।

‘म करिब ५० वर्ष भएँ, अहिलेसम्म यति धेरै हिउँ परेको थाहा छैन,’ वडाध्यक्ष तामाङले भने, ‘गाउँबाट बाहिर निस्किनै गाह्रो भएको छ। अहिले गाउँमा बुढाबुढी र केटाकेटी मात्रै छन्। हिउँ पन्छाउनसमेत सकिने अवस्था छैन। खर्कमा गएका गाउँले कहाँ छन् भनेर खोज्न पनि नसकिने अवस्था छ।’
हिमपातपछि मौसम सफा हुनासाथ ढुंगा खस्ने र पहिरो जाने जोखिमसमेत रहेको उनले बताए। जोखिमलाई ध्यानमा राख्दै स्थानीयहरू सामुदायिक भवनमा भेला भएर बसिरहेको वडाध्यक्ष तामाङले जानकारी दिए।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
