केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

अपराह्न कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भेगमा हुस्सु लाग्नेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेशका केही स्थानमा हुस्सु लागेको छ। कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। 

अपराह्न कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भेगमा हुस्सु लाग्नेछ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ।

त्यसैगरी, राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। 

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।