नेपालले पहिले नै सिकाइको गम्भीर सङ्कट झेलिरहेको वर्तमान अवस्थामा यस पद्धतिलाई सुदृढ गर्नुको सट्टा खारेज गर्नु भनेको प्राथमिक शिक्षाको जगलाई नै थप जोखिममा पार्नु हो।
हुन त सामाजिक सञ्जालको उमेर प्रतिबन्धलाई प्रायः किशोर–किशोरीमाथिको प्रत्यक्ष प्रतिबन्धका रूपमा पनि व्याख्या गरिएको छ, तर व्यवहारमा यो बालबालिकाभन्दा बढी प्रविधि कम्पनीहरूप्रति लक्षित नीति हो।
एक अध्ययनअनुसार, विद्यालयको समयपछि पनि पाठ तयारी, गृहकार्य मूल्यांकन र प्रशासनिक काममा हप्तामा करिब ६–१० घण्टा व्यक्तिगत समय खर्च गर्छन् शिक्षकले।
अब विद्यार्थीले तथ्य सम्झनुभन्दा पनि सोच्न, प्रश्न गर्न र एल्गोरिदमले नदेख्ने अर्थ खोज्न सिक्नुपर्छ। जब प्रविधिले उत्तर सजिलै दिन सक्छ, शिक्षाको सार प्रश्न सोध्ने क्षमतामा निहित हुन्छ।
प्रधानमन्त्रीले उपकुलपतिहरूलाई शपथ गराउने अभ्यासले विश्वविद्यालयको स्वायत्तता र शैक्षिक स्वतन्त्रतामा गम्भीर खतरा निम्त्याउन सक्छ।
संगीतलाई केवल संगीत कक्षामा मात्र सीमित नराखौँ। गणित, विज्ञान, इतिहास र भाषा जस्ता विषयहरू पनि पनि लय, सुर र सिर्जनशीलताको माध्यमबाट सिक्ने वातावरण सिर्जना गरौँ।
नेपालको माध्यमिक शिक्षा (कक्षा ९-१२) आधिकारिक रूपमा एउटै खण्ड हो। तर व्यवहारमा कक्षा ९-१० लाई 'विद्यालय' मानिन्छ र ११-१२ लाई अझै पनि व्यापक रूपमा 'कलेज' मानिन्छ।
युट्युबरले अचानक ‘ज्ञान परीक्षण’ गर्ने प्रवृत्तिले शिक्षण पेसाको गरिमा र प्रभावलाई कमजोर बनाउँछ। ‘भाइरल’ कार्यका लागि छनोट गरिएका अज्ञानताका ‘क्लिप्स’ले छेडछाड गरिएका अवास्तविक कथा सिर्जना गर्छन्।